सबैलाई पठाउनु होला

गोरखा –   मंगलबार राती झरेको सुख्खा पहिरोले मनास्लु पदमार्ग अवरुद्ध भएको छ। धार्चे ३ खोर्ला र तातोपानीको बीच लुस्य्राङ खोलामा झरेको पहिरोले बाटो अवरुद्ध भएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिएको छ ।

बाटो अवरुद्ध हुँदा धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिकाका बासिन्दा तथा पर्यटक आवतजावत गर्न कठिनाइ भएको छ। साथै उत्तरी गोरखाका लागि खाद्यान्न लगायतका सामान ढुवानी गर्न जीप तथा खच्चड समेत रोकिएको छ।

‘हिँजो बेलुका र राती दुईपटकसम्म सुख्खा पहिरो झरेको रहेछ’, उनले भने, ‘नेपाली सेनाले सडक निर्माण गर्ने क्रममा बम बिस्फोट गरेर पहरा फुटाउँदा अड्केका ढुंगाहरु सडकमा झरेका छन्। सडक पनि तल भासिएको छ। तलबाट पनि पर्खाल लगाउनु पर्ने भएको छ, माथि पनि थप बिस्फोट गरेर खोल्नु पर्ने भएको छ।’

अबरुद्ध बाटो तत्काल खुलाउन नेपाली सेनाको सडक निर्माण कार्यदलका प्रमुख मेजर विनोद भट्टसित छलफल भएको उनले बताएका छन् । बेनिघाट, आरुघाट, लार्के सडक अन्तर्गतको सडक पहिरिएको हो। सो सडकको दोभानसम्म जीप चल्ने गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com