सबैलाई पठाउनु होला

कश्मीर –    बिहीबार राती जम्मू कश्मीरमा सुरक्षाकर्मीसँग भिडन्तका दुई घटना भएका छन् ।  श्रीनगरमा पहिलो भिडन्तमा लस्कर-ए-तैयबाका दुई आतङ्ककारी मारिएका छन्।

दोस्रो भिडन्त अवन्तिपुरामा भएको थियो। त्यहाँ टिभी कलाकार अमरिन भट्टको हत्यामा संलग्न दुई आतंककारी मारिएका हुन ।

कश्मीरका आईजी विजय कुमारले मारिएका विद्रोहीहरूबाट एक एके-४७ राइफल र एउटा पेस्तोल बरामद गरिएको बताए । उनका अनुसार पछिल्लो तीन दिनमा प्रहरीले भिडन्तमा १० चरमपन्थी मारे  । जसमध्ये ७ जना लस्कर–ए–तैयबासँग र तीन जना जैश मोहम्मदसँग सम्बन्धित रहेका थिए ।

पछिल्लो समय कश्मीरमा आतंकवादी र सुरक्षा बलबीच झडप बढेको छ । केही दिनअघि उपत्यकामा काश्मिरी पण्डित राहुल भट्टको हत्यापछि काश्मिरी पण्डितहरूको प्रदर्शन जारी नै रहेको छ र सरकारविरुद्ध आक्रोश देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com