सबैलाई पठाउनु होला

विराटनगर –   मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

पूर्व–पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १० प ३५९९ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।

उक्त मोटरसाइकल पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३८८७ नम्बरको बस र सडकमा रोकेर राखेको को २ त ८५५९ नम्बरको ट्याक्टरमध्ये कुन सवारीसाधनमा ठोक्किएर दुर्घटनामा परेको हो भन्ने यकिन हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको  छ।

यद्यपि प्रहरीले बस र ट्याक्टर तथा दुवै सवारीसाधनका चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ।

दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–११ का २५ वर्षीय राजेश धिमाल र पछाडि सवार २४ वर्षीय अनिल चौधरीको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिएका छन् ।

उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल ल्याइएको थियो। चौधरीको राति ९:४० बजेतिर र धिमालको आइतबार बिहान ६ बजेतिर मृत्यु भएको अस्पतालले जानकारी दिएका छन्।

प्रहरीका अनुसार बसमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। तीव्र गतिमा रहेको मोटरसाइकल सडकमा रोकेर राखेको ट्याक्टरमा ठक्कर खाएपछि बसमा ठोक्किन पुगेको पनि हुनसक्ने प्रहरीको अनुमान रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com