सबैलाई पठाउनु होला

काठमाडौं, ३० कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले गिरिजाप्रसाद कोइरालाले आफ्नो जीवनको अन्तिम क्षणमा अस्पतालको शैयाबाट आफूलाई देशको जिम्मा लगाएको स्मरण गराएका छन् । उनले अहिलेको व्यवस्थाको असली पक्षधर आफू र स्वर्गीय गिरिजाप्रसाद कोइराला भएको पनि बताए ।

आज (शुक्रबार) नेपाल राष्ट्रिय प्राध्यापक संगठनका पूर्व केन्द्रीय संयोजक अखिलेश्वरलाल दासको दोस्रो स्मृति दिवस तथा ‘स्मृतिमा अखिल सर’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले अस्पतालको शैयामा गिरिजाबाबुले भनेको कुरा स्मरण गर्दै भने–‘उहाँ अस्पतालमा मृत्युशैयामा हुँदै गर्दा उहाँले मलाई तपाईं हुनुहुन्छ, म तपाईंप्रति भरोसा गरेर जान्छु । जिम्मा तपाईंलाई भयो, अब तपाईंको काँधमा छ भनेको कुरा स्मरण गर्न चाहन्छु ।’

उनले अहिले स्यालको छालामा बाघको रजाईं हुन खोजेको जस्तो भएको टिप्पणी गरे । तर, अन्ततः त्यस्तो नहुने उनको विश्वास छ । उनले आफूहरु शान्ति प्रक्रियामा अवतरण गर्दै गर्दा गिरिजाबाबुसँग धेरै छलफल गर्ने गरेको पनि बताए । गिरिजाबाबुले लामो नबोलेपनि छोटो बोल्दासमेत आफूले बुझ्ने गरेको दाहालले सुनाए ।

उनले अहिले आफू प्रधानमन्त्री हुँदाको भन्दापनि कम्फर्टेवल र रिल्याक्स रहेको बताए । उनले आफू सरकार छोडेकोमा कुनै चिन्तामा नभएको स्पष्ट पारे । उनले आफूहरुले ठूलो बलिदानी र त्यागबाट ल्याएको संधिवान र राजनीतिक व्यवस्थामाथि घात हुन्छ कि भन्ने चिन्ता  रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com