काठमाडौँ । रुकुम पूर्व बाट झन्डै ६ किलो हाराहारी लागुऔषध चरेशसहित दुई जना महिला पक्राउ परेका छन्।
भूमेगाउँपालिका-७ गुनामबाट ४० वर्षीया रूजु बुढामगर र ५० वर्षीया जसमाया बुढामगर पक्राउ परेका हुन्।
उनीहरूलाई रूकुम पूर्वबाट खटिएको टोलीले शनिबार पक्राउ गरेको रूकुम जिल्ला प्रहरी स्रोतले जानेको छ ।
प्रहरी स्रोतको अनुसार उनीहरूको साथबाट झन्डै ६ किलो चरेश बरामद भएको छ। अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको बताए।

