सबैलाई पठाउनु होला

काठमाडौं । आजबाट १२ कक्षाको परीक्षा सुर भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षा आजबाट देशैभर एकैसाथ सुरु भएको हो । १२ कक्षाको परीक्षामा सहभागी विद्यार्थीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सफलताको शुभकामना दिनुभएको छ । ‘कक्षा १२ का भाइबहिनीहरूको परीक्षा आजदेखि सुरु हुँदै छ, परीक्षा दिने सबै भाइबहिनीहरूलाई शुभकामना’, प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना दिनु भएको छ ।
बिहान ८ बजेबाट सुरु भएको परीक्षा ११ बजेसम्म चल्ने छ । परीक्षा जेठ २ गतेसम्म चल्ने छ । परीक्षाको लागि देशभर १ हजार ५सय ९० र जापानमा एक गरी कुल एक हजार ५ सय ९१ परीक्षा केन्द्र निर्धारण गरेको छ । सबैभन्दा बढी काठमाडौंमा १ सय ६२ र कम मनाङ तथा मुस्ताङमा एक–एक केन्द्र निर्धारण गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षामा काठमाडौंबाट सबैभन्दा बढी ६८ हजार १ सय ३३ विद्यार्थी सहभागी छन् भने सबैभन्दा कम मनाङबाट ४५ परीक्षार्थी सहभागी छन् ।
यस वर्षको परीक्षामा ५ हजार २ र २ विद्यालयबाट नियमिततर्फ १ लाख ९८ हजार ८ सय ७५ छात्र र १ लाख ९७ हजार १३ छात्रा गरी ३ लाख ९५ हजार ९ सय८ परीक्षार्थी संलग्न छन् । आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ परीक्षार्थी सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com