
गुनासो चौतारी सुर्खेत । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा प्रेस स्वतन्त्रताको नाममा अराजकता तथ्यहीन अफवाह फैलाउने गतिविधि बढ्दै गएको बताएका छन् । यसलाई नियन्त्रण गर्न अनुशासित बनाउन सत्य तथ्य समाचार सम्प्रेषण गर्न वर्तमान सरकार लागिरहेको मन्त्री सुब्बाले बताउनुभयो ।
‘हाम्रो देशमा प्रेस स्वतन्त्रताको नाममा अराजकता, अनुशासनहिनता बढ्यो,’ मंगलबार वीरेन्द्रनगरमा आयोजित युगआह्वानको रजत जयन्तीमा बोल्दै उनले भने, ‘यसलाई नियमन गर्नै पर्छ, त्यसका लागि आम सञ्चार विधेयक बनाउने तयारीमा छौँ ।’
उनले विधेयकको ड्राफ्ट बन्ने क्रममा रहेको पनि बताए । साथै गुरुङले जातीय सद्भावमा खलल पुर्याउने काम नेपाली मिडियाबाट भइरहेको आरोप लगाए । ‘समाजमा अलि कसैले राम्रो काम गर्यो भने त्यसलाई खेद्ने काम मिडियाबाट भइरहेको छ,’ उनले भने, ‘अझ अनलाइन मिडियालाई व्यवस्थित बनाउनुपर्ने छ ।’
साथै उनले नेपालमा मिडियाको मनपरी चलिरहेको बताए । सामाजिक सञ्जाललाई नियमन गर्ने विधेयक जसरी पनि पास गरिने उनको भनाइ छ । ‘अनलाइनका कारण साइबर क्राइम बढेको छ,’ गुरुङले थप भने, ‘अपराधको सीमा छैन । ४० हजार भन्दा बढी उजुरी छ, त्यसमा फेसबुकका कारण छ । सामाजिक प्रयोगकर्तालाई अनुशासित मर्यादित तथ्यमा आधारित बनाउन आवश्यक रहेको आउनुभयो।