सबैलाई पठाउनु होला

काठमाडौं । प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन् । पूर्व सुचना तथा सञ्चार प्रविधिमन्त्री बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै बस्नेत सांसद पदबाट निलम्बित भएका हुन् ।
पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १८ जनाविरुद्ध टेरामक्स प्रकरणमा मुद्दा दायर

काठमाडौं । दूरसञ्चार प्राधिकरणको उपकरण खरिद प्रकरणमा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहित १८ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियारले १६ व्यक्ति र २ कम्पनीविरुद्द मुद्दा दायर गरेको हो ।

अख्तियार दूरुपयोग अनुसन्धान आयोगले आज उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।दूरसञ्चार प्राधिकारणको टेरामक्स प्रविधि खरिदका क्रममा ३ अर्ब २५ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित अख्तियारले मुद्दा दायर गरेको हो । दिगम्बर झा र पुरषोत्तम खनालसहितका प्राधिकरणका पूर्व महानिर्देशकहरुलाई पनि मुद्दा दायर गरिएको छ ।

भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसद पद स्वत: निलम्बन हुने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com