सबैलाई पठाउनु होला

भूमाफिहरू सामान्यतया अवैध रूपमा जमिनको स्वामित्व प्राप्त गर्न, कब्जा गर्न, वा कारोबार गर्न संलग्न व्यक्तिहरू वा गिरोह हुन्। यी भूमाफिहरू विभिन्न तरिकाले सक्रिय भएर काम गर्छन्। यहाँ उनीहरूले अपनाउने प्रमुख उपायहरू छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिका-९, काँक्राबारीमा निक भुजिकिक हाउजिङ्ग प्रालिले जग्गा प्लटिङ्ग गर्दा कुलो, सार्वजनिक जग्गा र सामुदायिक वन अतिक्रमण गरेको पाईएको छ।
प्लटिङ क्षेत्रमा नापी कार्यालय र डिभिजन वन कार्यालय भक्तपुरले गरेको स्थलगत अवलोकन एवं नाप जाँचको प्रतिवेदन अनुसार उक्त अवैध प्लटिङले सरकारी ६-रोपनी ७ आना जग्गा र २२ रोपनी ५ आना क्षेत्रफलको सामुदायिक वन अतिक्रमण गरेको पाईएको हो।
निक भुजिकिकले प्लटिङ्ग गर्दा सम्बन्धित निकायबाट कानूनी स्वीकृति बिनानै सरकारी वन तथा सार्वजनिक जग्गा समेतमा डोजर समेत लगाएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताउनुभयो ।
जग्गा पल्टिङ गर्दा अतिक्रमण गरेको भन्ने स्थानीयको गुनासोको आधारमा प्रमुख जिल्ला अधिकारी अर्यालको नेतृत्वमा सुरक्षा निकायका प्रमुख र जिल्लास्थित डिभिजन बन कार्यालयका प्रतिनिधिका साथै नापी कार्यालय भक्तपुर, उपत्यका विकास प्राधिकरण काठमाडौं र सूर्य विनायक नगरपालिकाका प्रतिनिधिको संयुक्त टोलीले गत वैशाख २१ गते उक्त पल्टीङको स्थलगत निरिक्षण गरेको थियो ।
सोही क्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले तत्कालको लागि प्लटिङ्गको कार्य स्थगित गर्न निर्देशन दिँदै विना स्वीकृति जग्गा प्लटिङ्ग गरेको र वन तथा सार्वजनिक जग्गा अतिक्रमण गरेको विषयमा तथ्यगत विवरण उपलब्ध गराउन निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com