नेपालको राजनीतिक यात्राको इतिहासमा तीन शब्दहरू राजनीति, सत्ता र विकास सधैं एकै ठाउँमा उल्लेख भए पनि, तिनीहरूको प्राथमिकता र परिभाषामा आएको भिन्नताले मुलुकको गति र दिशा निर्धारण गरेको छ। सामान्यतया, राजनीतिको परिभाषा राज्य सञ्चालनको कला र जनताको हितमा नीतिनिर्माण गर्ने प्रक्रिया हो भनिन्छ। तर नेपालको यथार्थमा, लामो समयदेखि यो परिभाषा क्रमशः सत्ताको खेलतर्फ खुम्चिँदै गयो कुरा सत्य हो।,

