आदरणीय कमरेडहरू,
प्रिय महाधिवेशन प्रतिनिधिहरू,
यो उम्मेदवारी कुनै पदका लागि होइन।
यो पार्टी बचाउने, राष्ट्र जोगाउने र भविष्य निर्माण गर्ने अभियान हो।
आज नेकपा (एमाले)माथि भइरहेको चौतर्फी हमला र योजनाबद्ध घेराबन्दी हामी सबैका आँखाअगाडि छ। प्रतिक्रियावादी शक्तिहरू एमाले कमजोर बनाएर नेपालको स्वाधीनता, सार्वभौमिकता र राष्ट्रिय स्वाभिमानमाथि प्रहार गर्न खोजिरहेका छन्। यस्तो सङ्गीन घडीमा एमालेभित्र वैचारिक स्पष्टता, संगठनात्मक चुस्ती र राष्ट्रवादी एकता अझ सुदृढ हुनु अपरिहार्य छ।
एमाले केवल पार्टी होइन
यो देश जोगाउने आन्दोलन हो।
अबको एमाले युवाहरूको आक्रोशलाई दिशाहीन विद्रोह होइन,
सचेत शक्ति र राष्ट्रनिर्माणको ऊर्जा बनाउने पार्टी बन्नुपर्छ।
अबको एमाले अवसरवाद होइन,
विचार, संघर्ष र अनुशासनको प्रतीक बन्नुपर्छ।
यही दृढ विश्वासका साथ,
पार्टीलाई वैचारिक रूपमा स्पातजस्तै बलियो,
संगठनात्मक रूपमा चुस्त र गतिशील,
र राष्ट्रियताको सवालमा अडिग र अविचल बनाउने संकल्पसहित
मैले नेकपा (एमाले) को ११औँ महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ।
सुख–दुःखका सबै घडीमा पार्टीसँगै उभिएको मेरो संघर्ष,
जनताको बीचमा बिताएको समय,
र राष्ट्रवादी विचारप्रतिको अटल निष्ठालाई कदर गर्दै
मलाई अत्याधिक बहुमतसहित विजयी गराइदिनुहोस् भन्ने हार्दिक अपिल गर्दछु।
आगामी दिनमा पनि
आम जनता र पार्टी पंक्तिको हरेक सुख–दुःखमा हातेमालो गर्दै,
राष्ट्रवाद, सुशासन र समाजवादको बाटोमा अडिग रहँदै,
सबै राष्ट्रवादी शक्तिलाई एकताबद्ध गर्दै
देश र पार्टीका लागि निःस्वार्थ रूपमा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछु।
राष्ट्र बचाउन एमाले बलियो बनाऔँ !
एमाले बलियो बनाउन सही नेतृत्व रोजौँ !
उपाध्यक्षमा दृढ, राष्ट्रवादी र संघर्षशील उम्मेदवारलाई जिताऔँ !

