सबैलाई पठाउनु होला

गुनासो चौतारी  काठमाडौं ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला को होल्डिङ सेन्टरमा बसेकी १७ वर्षीया ती विद्यार्थीको गुनासो केवल उनको मात्र होइन यो हजारौं विस्थापित सुकुम्बासीहरूको साझा पीडा हो।

शान्तिनगर गैरीगाउँ सुकुम्बासी बस्तीमा जन्मिएकी उनी अहिले स्नातक तह (बीसीए) पहिलो वर्षको परीक्षा दिइरहेकी छन्। तर परीक्षा चलिरहेकै बेला बस्तीमा डोजर चल्दा उनको जीवन नै अस्तव्यस्त बन्यो।

‘फाइनल परीक्षा हो। परीक्षा दिएर यहाँ आएको हुँ,’ उनले भनिन्, ‘लेखें त लेखें, तर हिजोदेखि रोको रै छु।’

होल्डिङ सेन्टरमा पनि उनी कापीकिताब बोकेरै बसिरहेकी छिन्। एक हातले ९ वर्षको भाइ समातेकी छन् भने अर्को हातमा भविष्यको चिन्ता छ। पढ्ने बेला उनी कहाँ बस्ने, कसरी तयारी गर्ने कुनै टुंगो छैन।

सुरक्षाकर्मीले दिएको खाना समेत उनले खान सकिनन्। मनमा भोकभन्दा ठूलो पीडा छ घर उजाडिएको पीडा।

उनका बुबाले अस्थायी रूपमा एउटा कोठा खोजेर सामान राखे पनि चार जनाको परिवार अटाउन सकेन। बस्ने ठाउँ नहुँदा उनको पढाइ संकटमा परेको छ।

आँखा रसाउँदै उनी भन्छिन्
‘पढ्नु त पर्छ… तर कसरी पढ्ने थाहा छैन। बुबा आमाले दुःख गरेर पढाउनु भएको हो।’

छाप्रोमा डोजर चलेपछि उनीसँग न बस्ने ठाउँ छ, न पढ्ने शान्त वातावरण।
यो घटना एउटा प्रश्न बनेर उभिएको छ
गरिबीमा जन्मिनु नै के एउटा विद्यार्थीको भविष्य खोसिने कारण बन्ने हो?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com