सबैलाई पठाउनु होला

गुनासो चौतारी सँग कुरा गर्दै बारपाक शुलिकोट गाउपालिकाको अध्यक्ष बिष्णु भट्ट ज्यू को अनुसार गोरखाको बारपाकमा ना ५ च ३२९८ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । सात जना घाइते भएका छन् ।

लम्जुङको बिचौरबाट बारपाक सुलिकोट गाउपालिकको अती रमणिय स्थलको भ्रमण गरेर फर्केका युवाहरु चढेको जीप शनिबार साँझ पौने सात बजे दुर्घटना हुँदा बिचौरका दुईजनाको मृत्यू भएको उद्धारमा खटिरहेका स्थानीय टेकबहादुर गुरुङले जानकारी दिए ।

हिजो दुर्घटना भएको हो । दुईजना मरिसकेका छन् । सातजनालाई उतारेर बसमा हालेर अस्पताल पठाउने तयारी भइरहेको छ’, गुरुङले भने, ‘प्रहरी पनि भर्खरै आइपुगेका छन् । मृतकहुनेमा दुधपोखरी गाउपालिका वडा नम्बर २ बिचौर बागेश्वेरी माबीका शिक्षकहरु ४५ बर्षका ठकुर दवाडी र ५५ बर्षका रमेश्वर न्यौपानेको मृत्‍यु भएको छ । त्यसै ठाउका ३० बर्षका बिष्णु दवाडी, २८ बर्षका अनिल मरहट्टा, १८ बर्षका अमृत दवाडी , २६ बर्षका बिष्णु न्यौपाने र २९ बर्षका अमृत दवाडी घाइते भएका छन ।
अन्य घाइतेहरुमा व्यास नगरपालिका घर भएका दुधपोखरी गाउपालिकाका शिक्षा शाखा प्रमुख ३६ बर्षका सुशिल नराल र बेशिशहर नगरपालिका वडा नम्वर १० बस्ने जिपक्षलक २० बर्षका सन्तोष तमाङ रहेका छन ।

जीप राङरुङको भीरबाट ६० मिटर तल दरौँदी खोलामा खसेको उद्धारमा खटिएका अर्का स्थानीय कुमार गुरुङले बताए ।
घटना बारे जानकारी पाउने बित्तिकै इ.प्र.का जौबारीका इन्स्पेक्टरको कमाण्डमा जौबारी र प्रहरी चौकी बालुवाबाट टोली खटिएका जिल्ला प्रहरी प्रमुख एसपी शेखर खनालले जानकारी दिए ।
जीपमा ९ जना युवाहरु मात्र सवार रहेका स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com