सबैलाई पठाउनु होला

टेनिस प्रतियोगिता –   प्रतिष्ठित फ्रेन्च ओपन टेनिस प्रतियोगितामा सर्वाधिक सफल स्टारहरू राफेल नाडाल र नोभाक जोकोभिच जारी सिजनमा क्वार्टर फाइनलमा नै मंगलबार प्रतिस्पर्धा गर्दै छन्।

१३ पटकका फ्रेन्च ओपन विजेता नाडालविरुद्ध खेल्नुअघि सफल स्टार जोकोभिचले आफू सबैखाले चुनौतीका लागि तयार रहेको बताएका छन् । उनले भने‚ ‘म फ्रेन्च ओपनको यो सर्वाधिक ठूलो चुनौतीका लागि तयार छु।’

यो जोडीसँग मात्र ४१ ओटा ग्रान्डस्लाम रहेको छ। जसमा २१ वटा ग्रान्डस्लाम नाडालको साथमा रहँदा २० ग्रान्डस्लाम जोकोभिचसँग छ। पुरुषतर्फ यी दुईबीच रेकर्डेड ५९ औं प्रतिस्पर्धा हुन लागेको हो।

गत संस्करणका च्याम्पियन जोकोभिचले खेलअघि भने‚ ‘म जुन तरिकाले अहिले खेलिरहेको छु र आफूलाई सहज पाइरहेको छु‚ यसले मलाई जित निकाल्ने आत्मविश्वास दिएको छ।’

स्पेनी नाडाल भने फिटनेसका लागि संघर्षरत रहेका भए पनि आफू सर्वश्रेष्ठ प्रदर्शनका लागि तयार रहेको बताएका छन्। उनले भने‚ ‘मैले ३ महिनादेखि यो स्तरको खेल खेलेको छैन, त्यसैले पनि यो मेरो लागि ठूलो चुनौती हो तर यो चुनौती सामना गर्न तयार छु।’

पाँचौं वरीयताका ३५ वर्षीय नाडालले जोकोभिचसँग एक वर्षदेखि यता प्रतिस्पर्धा गरेका छैनन्। गत वर्ष सेमिफाइनलमा नाडाल सर्वियाली जोकोभिचसँग पराजित भएय पछी  उनी पुनः भिडेका छैनन्।

३५ वर्षीय जोकोभिचले नाडाललाई गत वर्ष हराएसँगै हेड टु हेडमा ३०-२८ को अग्रता बनाएका छन् । अर्थात जोकोभिचले ३० खेल जित्दा नाडालले २८ खेल जितेका छन्। तर क्ले कोर्टका बादशाह मानिने नाडालले १३ पटक फ्रेन्च ओपन जित्दा जोकोभिचसँग भने २ पटक जितेको अनुभव रहेको छ।

समग्रमा सर्वाधिक ग्रान्डस्लाम जित्ने कीर्तिमान बनाएका नाडाललाई पछ्याइरहेका जोकोभिच फ्रेन्च ओपनमार्फत बराबरी गर्ने ध्याउनमा रहेका छन्। त्यसैले सर्वश्रेष्ठ महान दुई लिजेन्डबीचको यो प्रतिस्पर्धा रोमाञ्चक हुने आँकलन गरिएको छ। यी दुईबीचको विजेताले नै फ्रेन्च ओपन जित्ने सम्भावना बलियो रहनेछ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com