सबैलाई पठाउनु होला

गुनासो चौतारी ।कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल कुमार उपाध्यायसहित ६ जना उच्च अधिकारी विरुद्ध सामुहिक यौन दुर्व्याबहारको आरोप लागेको छ ।कार्यालयमै कार्यरत एक महिला कर्मचारीले सिइओ उपाध्यायसहित उच्च अधिकारी विरुद्ध यौन दुर्व्यबहारको आरोप लगाएकी हुन् ।

ती महिलाले प्रधानमन्त्री कार्यालयदेखि प्रहरी कार्यालयसम्म उजुरी दिएपनि दर्ता भने नभएको स्रोतले बताएको छ ।काठमाडौंको सर्वोच्च अदालत अगाडी रहेको कृषि विकास बैंकको केन्द्रीय कार्यालय रामशाहपथमै २०७६ साल पुस २ गते प्रमुख कार्यकारी अधिकृत उपाध्यायकै कार्यकक्षमा यौन दुर्व्यबहार भएको पीडितले तयार पारेको उजुरीमा उल्लेख छ ।

सिइओ उपाध्यायले ती महिलामाथि क्षेत्रिय कार्यालय गौशालामा रहँदा समेत पटक पटक यौन हिंसा गर्ने कोशिष गरेको जाहेरीमा उल्लेख छ ।

‘विपक्षी अनिल कुमार उपाध्याय त्यस कार्यालयको प्रमुख रहेको बखत मलाई शारीरिक शोषण तथा यौनहिंशा गर्न खोजेकोमा मैले आफ्नो अस्मिता बेचेर काम गर्न नमानेकोले म जाहेरवाला र निज विपक्षी अनिल कुमार उपाध्याय पुन मुख्यकार्यालय सरुवा भए पश्चात पनि म अधिकृत पदको कर्मचारीलाई घरको श्रीमती समानरुपले तिमी भन्दै शब्द प्रयोग गर्ने, रातसँगै बस्नेगरि फिल्ड जाउँ भन्ने घरमा एक्लै भेट्न आउँछु भन्ने, अफिसमा एक्लै बोलाएर लामो समयसम्म राखि महिला हिंसा हुने शब्दहरु प्रयोग गर्ने गरेपनि मैले कुनै प्रस्ताब नमाने पश्चात सन् २०१९/१२/१८ गते करिब १२ बजे उहाँले भने बमोजिम एक्लै उहाँकै कार्यकक्षमा भेट्न जाँदा निवेदन खण्डमा उल्लेखित व्यक्तिहरु जम्मा गरि मलाई नीच रुपमा तिमी धन्दा गर्ने भन्दै यौन दुर्व्यबहार गर्न खोेजेकाले त्यहाँबाट भाग्न सफल भए पश्चात उक्त कार्यालय गएको छैन,’ उजुरीमा भनिएको छ ।

उक्त घटनापछि आफू भाग्न सफल भएपनि बैंककै मुख्य कार्यालय रामशाहपथमा कामु विभागिय प्रमुख अजय कुमार रिमालले साँझ ६ बजेतिर फोन गरेर ‘म तिमीलाई भेट्न एक्लै आउँछु’ भनेको पीडित महिलाको उजुरीमा उल्लेख छ ।


 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com