सबैलाई पठाउनु होला

ओक्लाहो –    अमेरिकाको एउटा अस्पतालमा भएको गोलीकाण्डमा चारजना सर्वसाधारणको मृत्यु भएको छ। ओक्लाहोमा राज्यको टुलसास्थित सेन्ट फ्रान्सिस अस्पतालको क्याम्पसमा बन्दुकधारीले गोली चलाउँदा कम्तिमा चार जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

उक्त गोलीकाण्डमा कैयौँ घाइते भएको पनि प्रहरी अधिकारीहरूले जानकारी दिएका छन्। बुधबार एउटा  पत्रकार सम्मेलनमा बोल्दै प्रहरी उपप्रमुख एरिक डालग्लिशले चारजना सर्वसाधारण र एक आक्रमणकारी मारिएको जानकारी दिएको  छ।

उनका अनुसार सेन्ट फ्रान्सिस अस्पताल खाली गराउने काम भइरहेको छ। प्रहरीहरू मेडिकल क्याम्पस पुग्दा केही मानिसहरूलाई गोली लागेको देखिएको थियो भने केहीको मृत्यु नै भइसकेको थियो।

आक्रमण किन र कसरी भयो भन्ने विवरण आउन बाँकी रहेको प्रहरीले जनाए । राष्ट्रपति जो बाइडनलाई गोलीकाण्डबारे जानकारी गराइसकिएको छ।

गत साता टेक्सासस्थित एउटा विद्यालयमा २१ जनाको ज्यान जाने गरी भएको गोलीकाण्डपछि यो आक्रमण भएको थियो। एकपछि अर्को गर्दै आक्रमणकारीले पहिलो, दोस्रो, तेस्रो र चौथो कक्षाका विद्यार्थीमाथि गोली चलाउँदा १८ बालबालिकासहित २१ जनाको ज्यान गएको थियो।

गत साता टेक्ससस्थित एउटा विद्यालयमा २१ जनाको ज्यान जाने गरी भएको गोलीकाण्डपछि यो आक्रमण  भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com