सबैलाई पठाउनु होला

काठमाडौं –    काठमाडौंको मेयरमा निर्वाचित भइसकेपछि पनि बालेन साहले र्‍याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’को निर्णायकमा निरन्तरता दिने भएका छन् । शोका निर्देशक निकेश खड्काले बालेन नै जुरीको रुपमा निरन्तर हुने बताएका हुन  ।

मेयर बालेन साह कार्यालयको काममा निकै व्यस्त रहने  गर्दछ  । आफ्नो कामको चटारोबाट केही घण्टा फुर्सद निकालेर उनी ‘नेपहपको श्रीपेच’को जजको भूमिका निर्वाह गर्न सुटिङ सेटमा पुग्ने गरेका छन् ।

बालेनको व्यस्ततालाई ख्याल गर्दै कार्यक्रमको सुटिङ समय निर्धारण गरिएको छ । मेयर भइसकेपछि बालेनको व्यस्तताका कारण उनले जुरीको कामलाई निरन्तरता दिने वा नदिनेबारे अन्योल  भएको थियो ।

‘एग्रिमेन्टअनुसार नै बालेनजी जुरीको रुपमा निरन्तर हुनुहुनेछ,’ खड्काले भने । अन्य दुई जुरीमा र्‍यापरद्वय मानस घले र गिरीश खतिवडा पनि छन् । ग्रान्ड फिनाले चाहिं असार १४ गते हुने जानकारी दिएको  छ ।

यसैबीच, बुधबार बेलुकाको एपिसोडबाट शशी मण्डल बाहिरिएका छन् । आगामी राउन्डमा डीएनएक्स, योङ यी, जेनिश क्षेत्री, विशेष भट्टराई, भाइबर साइमन, एमसी किङ र बाबु बिलिबरबीच प्रतिस्पर्धा हुने भएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com