सबैलाई पठाउनु होला

काठमाडौं –    सभामुख अग्निप्रसाद सापकोटाले यथाशिघ्र किसानलाई मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिए ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख सापकोटाले खेतीपातीका समयमा यथाशिघ्र किसान मल उपलब्ध हुनसक्नेगरी व्यवस्थापन गर्न, सम्बन्धित मन्त्री एवं नेपाल सरकारलाई निर्देशन दिएका छन् ।

खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा आफ्नो ध्यानाकर्षण भएको उनले बताएका छन् ।

त्सअघि बैठकको शुन्य समयमा बोल्ने सांसदहरुले खेतिको समयमा पनि मलको अभाव भएको भन्दै मलको व्यवस्थापन गराउन ध्यानाकर्षण गरेका थिए ।

सांसद लक्ष्मी परियारले नीति तथा कार्यक्रममा किसान केन्द्रीत निकै राम्रा कार्यक्रम आएपनि मल नपाउनु दु:खद भएको बताइन्।

त्यस्तै सांसद बिनादेवी बुढाथोकीले मल समस्या समाधानका लागि सरकारले कुनै पहल नगरेको बताएका छन् ।

त्यस्तै, अन्य सांसदहरुले हरेक वर्ष हुने मल अभावको समस्या दिर्घकालिन रुपमा नै समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com