काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले विकास र समृद्धिको यात्रा सहमति र सहकार्यबाट अगाडि बढ्नुपर्ने बताएका छन्। बिहीबार पेरिसडाँडामा आयोजित रितबहादुर खड्का स्मृतिसभालाई सम्बोधन गर्दै उनले एक्लै अगाडि बढ्ने अंहकार सबैले छोड्नुपर्ने धारणा राखेका हुन् थिए ।
राजनीतिक परिवर्तनको लडाईंपछि अब समाजवाद निर्माणको लडाईं गर्न सहकार्य, एकता आवश्यक भएको उनको भनाई रहेको छ। उनले राजनीतिक दल एकबद्ध हुँदा नेपालमा ठूला ठूला राजनीतिक परिवर्तन भएको दाबी गरेका छन् ।
‘विकास र समृद्धिका लागि गठबन्धनलाई थप बलियो पार्ने’ उनले भने,‘नेपालका शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नका लागि यो गठबन्धन अझ बलियो पार्ने र विकास र समृद्धिको नयाँ यात्राका लागि पनि यसलाई अगाडि बढाउन जरुरी छ।’
प्रचण्डले सहकार्य र एकता हावी हुने कि निषेधात्मक दम्भ र अंहकार हावी हुने लडाई चलिरहेको दाबी गरे। उनले विगतका कमिकमजोरी सुधार्दै गठबन्धनलाई थप बलियो बनाउन कार्यकर्तालाई निर्देशन दिएका हुन ।
उनले स्टेट पाटनरसिप प्रोग्राममा नेपालले सम्झौता नगर्ने प्रतिबद्धता प्रधानमन्त्रीले गठबन्धनमा छलफल हुँदा बताएको जानकारी गराएका छन् । उनले एपीपी / सैन्य सम्झौता आफूले हुन नदिने र त्यस्तो कुनै सैन्य सम्झौताको तयारी समेत नभएको स्पष्ट पारेका हुन । सांसदहरुले अमेरिकी एसपीपीबारे प्रतिनिधिसभाको बैठकमा प्रश्न गर्दै आइरहेका छन्।

