सबैलाई पठाउनु होला

बिहीवार रातीको हावाहुरी र  चट्याङ्ग लागेर देशका विभिन्न जिल्लामा चार जनाको मृत्‍यु भयको छ ।

मृत्‍यु हुनेमा  बाग्लुङको तारखोला गाउँपालिका–२ सिलेका ४५ वर्षका खिमलाल कँडेलको ज्यान गएको प्रहरीले जनाएको छ ।

गोठमा भैँसीको दूधदुहुने क्रममा  उनलाई चट्याङ्ग लागेको थियो । यस्तै, स्याङ्जाको फेदीखोला गाउँपालिका–५ मा पनि चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ । घरमा बसिरहेका बेला चट्याङ्ग लागेर घाइते भएकी ३९ वर्षकी ईश्वरी लामिछानेको गण्डकी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

यसैबीच, भोजपुरको षडानन्द गाउँपालिका–८ निगुरेमा ६० वर्षकी मनमाया राईको पनि चट्याङ्ग लागेर ज्यान गएको छ ।

त्यस्तै तेह्रथुमको, छथर गाउँपालिका ६ असिने बस्ने ९ वर्षीया बालिका रोहिता मगरको पनि ज्यान गएको प्रहरीले बताएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com