सबैलाई पठाउनु होला

अर्घाखाँची –   अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई छाता र झोला वितरण गरे  । नगरपालिकाले झोला र छाता वितरण गरेकामा महिला स्वास्थ्य स्वयंसेविकाहरु खुुसी भएका छन् ।

महिला स्वास्थ्य स्वयंसेविकाहरुको प्रोत्साहन कार्यक्रमअन्तर्गत नगरभित्र रहेका १२ वटा वडाका १५५ महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहनस्वरुप झोला र छाता वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभएको छ  ।

वर्षायाममा घरघरमा हिँड्न छाता र स्वास्थ्य सामग्री र रजिष्टर राख्नका लागि झोला प्रदान गरेकामा आफूहरु खुसी भएको सन्धिखर्क–५ की महिला स्वास्थ्य स्वयंसेविका गोमा भुसालले बताउनुभएको छ  । झोला र छाता वितरण गर्दै नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले समाज परिवर्तनमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको भूमिका प्रमुख रहेको बताउनुभएको छ  ।

उहाँले नगरपालिकालाई घरमा हुने प्रसूतिमुक्त नगर बनाउन र स्वास्थ्य संस्थामा मात्र सुत्केरी हुने नगर बनाउन सबै स्वयंसेविकाहरु लाग्नुपर्ने बताउनुभयो । नगर उपप्रमुख मिश्रा आचार्यले स्वास्थ्य क्षेत्रमा चलेका अभियानहरु खुला दिसामुक्त, पूर्ण खोप अभियान लगायतमा स्वयंसेविकाहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै बाल तथा मातृ मृत्युदर कम बनाउनमा स्वयंसेविकाहरुको प्रमुख भूमिका रहेको बताउनुभएको हो  ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले महिला स्वास्थ्य स्वयंसेविकाहरु समाजका परिवर्तनका संवाहक भएको बताउँदै आगामी दिनमा पनि स्वयंसेविकाहरुको प्रोत्साहन तथा सम्मान कार्यक्रम गर्ने बताउनुभएको हो ।

गर्भवती तथा सुत्केरी जाँच, बालबालिकाले लगाउने खोपका कार्यक्रम लगायतका विभिन्न कार्यक्रममा स्वयंसेविकाहरु अग्रस्थानमा रहेर काम गरेकाले उनीहरुको सम्मान र प्रोत्साहनका लागि विभिन्न कार्यक्रमहरु गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीले बताउनुभएको हो  ।

गाउँका घरघरमा हिँड्न तथा अत्यावश्यक सामग्री लिएर हिँड्दा झोला र छाता आवश्यक रहेकाले झोला र छाता वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्यालको भनाइ रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com