सबैलाई पठाउनु होला

पर्सा र वीरगञ्ज  –   नवनियुक्त वन तथा वातावरणमन्त्री प्रदीप यादवले आगामी तीन महिनाभित्र परिणाममुखी काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभएयो  ।

जनता समाजवादी पार्टी (जसपा) पर्सा र वीरगञ्ज महानगर समितिले संयुक्त रुपमा स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिका लागि आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफ्नो कार्यकालमा महत्पूर्ण काम गर्ने जानकारी दिनुभएको हो  ।

‘म पर्सावासीलाई धन्यवाद भन्न र मन्त्रालयको काम गर्नुभन्दा अघि आशीर्वाद लिन वीरगञ्ज आएको हुँ ‘,  उहाँले भन्नुभएको छ ।

जिल्लाका सबै सडकको ‘डिपिआर’ बनाएर बोलपत्र आह्वान गर्नुका साथै पर्यटनको विकासका लागि चिडियाखाना बनाउने कामसमेत अगाडि बढाउने मन्त्री यादवले जानकारी दिनुभएको छ  ।

सो अवसरमा मन्त्री यादवलाई ५१ किलोको माला लगाएर सम्मान गरिएको थियो ।वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहलाई लगायत नवनिर्वाचित जनप्रतिनिधिलाई पनि सम्मान गरिए  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com