सबैलाई पठाउनु होला

नेपाल –     नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्र र जनताको हितका लागि नै नेकपा (एकीकृत समाजवादी) पार्टी बनेको बताउनुभएको छ ।

समाजवादी प्रेस सङ्गठन नेपाल कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यो पार्टी अन्य पार्टी जस्तो आफ्नो स्वार्थलाई मात्र केन्द्रबिन्दुमा राखेर चल्ने होइन भन्नुभएको छ ।

अध्यक्ष नेपालले आफ्नो पार्टी सिद्धान्त र विचारप्रति समर्पित पार्टी भएको बताउनुभएको छ  ।

‘यहीरुपमा हामीले पार्टी निर्माण गर्ने कामलाई अगाडि बढाइरहेका छौँ’, अध्यक्ष नेपालले भन्नुभयो, ‘पार्टीलाई यसरी अगाडि बढाउने क्रममा नै हामीले अब आउने निर्वाचनको तयारीमा जुट्नुपर्ने भएको छ ।’ फरक प्रसङ्गमा उहाँले आउँदो निर्वाचनअघि माओवादीलगायत कुनै पनि पार्टीसँग एकता नहुने बताउनुभएको छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com