रुपन्देहीमा भन्सार छलेर भित्राइएको सामग्री बरामद भएको छ। सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण हेडक्वाटर रुपन्देहीले भारतबाट अवैध रुपमा भन्सार छलेर भित्राइएको सामग्रीहरू बरामद भएको छ।
गणका एसपी आनन्द थापाको कमान्डमा खटिएको टोलीले सियारी गाउँपालिका–७ कनरीबाट ७ लाख ५४ हजार बढी रुपैयाँ बराबरको कस्मेटिक सामग्री र चप्पल बरामद गरेको सशस्त्र नम्बर २७ गण का डीएसपी मोहन न्यौपानेले जानकारी दिए।
साथै ढुवानीमा प्रयोग गरिएको लु १ ज ३५१० नम्बरको मिनी गाडी (छोटा हात्ती)समेत नियन्त्रणमा लिइएको उनले बताए। बरामद सामग्री र गाडी आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।

