सबैलाई पठाउनु होला

प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार राति नयाँ सरकार गठनको आह्वान गरेपछि कोशीमा नेकपा एमाले र माओवादी केन्द्रले सरकार गठनका लागि प्रक्रिया सुरु गरेका छन् । उनीहरूले बिहीबार कार्यालय खुलेपछि मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने तयारी गरिरहेका छन् ।

साँझसम्म नयाँ मुख्यमन्त्री : एमाले प्रमुख सचेतक

‘एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गर्न दाबी पेस गर्ने छौं,’ एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने,‘साँझ सम्ममा कोशी प्रदेशले नयाँ मुख्यमन्त्री पाउने पक्का छ ।’

उनले सांसदहरुको सनाखतदेखि नयाँ मुख्यमन्त्रीको पदबहाली सम्मको काम बिहीबार भित्रै टुंग्याइने दाबी गरे । यही कार्यकालमा हिक्मत कार्की तेस्रो पटक मुख्यमन्त्री बन्ने छन् ।

प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नु असंवैधानिक जिकिर गर्दै बहालवाला मुख्यमन्त्री केदार कार्की अदालती प्रक्रियाको तयारीमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com