सबैलाई पठाउनु होला

१३औं राष्ट्रिय पोसाक तथा टोपी दिवस विविध कार्यक्रमसहित मनाइँदै
काठमाडौँ। विभिन्न युवा संस्थाको आयोजनामा आज १३औं राष्ट्रिय पोसाक तथा टोपी दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै छ।
‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाहरूले यो दिवस मनाउँदै आएका छन्। नेपाली पहिचानका रूपमा रहेको दौरा–सुरुवाल, टोपी तथा गुन्यु–चोलीलाई विशेषगरी युवामाझ स्थापित गर्ने उद्देश्यले विसं २०७० देखि राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाउन थालिएको हो।

दिवसको अवसरमा आज धेरैले राष्ट्रिय पोसाकमा सजिएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। सन् २०१३ (विसं २०७०) देखि हरेक वर्ष जनवरी १ तारिखका दिन यो दिवस मनाइँदै आएको छ, जसले राष्ट्रिय पोसाकको संरक्षण र पुनर्जागरणमा टेवा पुगेको आयोजकहरूको भनाइ छ।

विगतमा राष्ट्रिय पोसाकलाई औपचारिक रूपमा प्रयोगबाट हटाइएपछि त्यसको संरक्षण र प्रवर्द्धनका लागि युवाहरूले स्वस्फूर्त रूपमा यो अभियान सुरु गरेका हुन्। दिवसको अवसरमा आज राजधानी काठमाडौँका विभिन्न स्थानमा र्‍याली, सांस्कृतिक कार्यक्रम तथा सचेतनामूलक गतिविधि आयोजना गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com