सबैलाई पठाउनु होला

मेष
आजको दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिने सम्भावना छ। परिवारजनको साथले उत्साह थपिनेछ।

वृष
खर्च केही बढे पनि भौतिक साधन जुट्नेछन्। लगनशीलताले नयाँ अवसर दिलाउनेछ र प्रतिस्पर्धामा सफलता मिल्न सक्छ। दीर्घकालीन लगानीका लागि समय अनुकूल देखिन्छ।

मिथुन
अवसर आए पनि चुनौतीहरू सामना गर्नुपर्नेछ। सहयोगीहरूको साथ रहनेछ तर प्रगतिमा ईर्ष्या गर्नेहरू सक्रिय हुन सक्छन्। गुरुजनको सुझाव उपयोगी हुनेछ।

कर्कट
कामको मूल्यांकन राम्रो भए पनि प्रतिफल पाउन केही समय लाग्न सक्छ। आफ्नै निर्णयमा भरोसा गर्नु उपयुक्त हुनेछ। रोकिएका काम दोहोर्याएर प्रयास गर्दा लाभ मिल्नेछ।

सिंह
प्रयत्नले ठूला उपलब्धि हासिल हुने संकेत छ। स्रोत–साधन र सहयोगी जुट्नेछन्। नयाँ कार्यशैलीले लोकप्रियता बढाउनेछ।

कन्या
वचन पूरा गर्न नसक्दा आलोचना हुन सक्छ। आर्थिक उपलब्धि ठूलो नभए पनि ज्ञान बढाउने अवसर मिल्नेछ। योजना गोप्य राखेर अघि बढ्नु राम्रो।

तुला
तारिफयोग्य कामले प्रशंसा बढ्नेछ। आफन्तसँग भेटघाटको सम्भावना छ। स्वास्थ्य र गोपनीयतामा विशेष ध्यान दिनु उचित।

वृश्चिक
खर्च बढ्ने समय भएकाले आर्थिक व्यवस्थापन आवश्यक छ। लामो यात्रा वा नयाँ सम्पर्क विस्तार हुने संकेत छ। भविष्यका लागि लगानी अवसर प्राप्त हुन सक्छ।

धनु
धन आर्जन र व्यापारमा फाइदा हुने सम्भावना छ। अड्किएको रकम प्राप्त हुन सक्छ। श्रमको उचित मूल्यांकन हुनेछ।

मकर
मेहनतले जिम्मेवारी र प्रतिष्ठा बढाउनेछ। भूमि वा पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने संकेत छ। सामाजिक क्षेत्रमा प्रभाव जम्नेछ।

कुम्भ
स्वास्थ्यमा कमजोरी देखिन सक्छ। अरूको हस्तक्षेपले काम प्रभावित हुन सक्छ। भविष्यका लागि योजना बनाउने समय।

मीन
तत्काल लाभ नभए पनि दीर्घकालीन उपलब्धिका लागि मेहनत गर्नुपर्नेछ। कामको चाप बढ्न सक्छ, स्वास्थ्यमा ध्यान दिनु आवश्यक।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com