सबैलाई पठाउनु होला

काठमाडौंमा दायर भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी मुद्दा तत्काल फिर्ता नहुने भएको छ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नितिश राईको इजलासले सोमबार मुद्दा फिर्ता सम्बन्धी निवेदनमाथि सुनुवाइ गर्दै तत्कालका लागि फिर्ता नहुने आदेश दिएको हो। अदालतले यस विषयमा सर्वोच्च अदालतबाट अन्तिम निर्णय भएपछि मात्र टुंगो लाग्ने स्पष्ट पारेको छ।

यसअघि महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते लामिछानेविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गर्दै जिल्ला सरकारी वकिलको कार्यालयलाई परिपत्र गरेकी थिइन्। सोही आधारमा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले अदालतमा मुद्दा फिर्ताका लागि निवेदन दिएको थियो।

तर उक्त निर्णयविरुद्ध युवराज पौडेल (युवराज सफल)ले माघ २ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सुनुवाइका क्रममा महान्यायाधिवक्ता भण्डारीले मुद्दा दर्तापछि थप प्रमाण भेटिएको दाबी गर्दै फिर्ता लिने निर्णय गरिएको उल्लेख गरेकी थिइन्। यस विषयमा सर्वोच्च अदालतले थप प्रमाण पेस गर्न आदेश दिएको छ। प्रमाण पेस भएपछि सर्वोच्चमा पुनः सुनुवाइ हुने जनाइएको छ।

लामिछानेविरुद्ध काठमाडौं, कास्की, चितवन, रुपन्देहीलगायत विभिन्न जिल्लामा मुद्दा विचाराधीन अवस्थामा रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com