सबैलाई पठाउनु होला

गुनासो चौतारी ,बर्दिया,

बारबर्दिया नगरपालिकाको भवन तथा बस्ती विकास शाखामा कार्यरत इन्जिनियर मोहनदेव मल्लविरुद्ध घुस/रिसवत लिएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले सेवाग्राहीसँग विद्यालयको चार कोठे भवन निर्माण कार्यको अन्तिम बिल भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै माग गरिएको घुस रकमसहित उनलाई नियन्त्रणमा लिएको थियो। उक्त रकम रु. १ लाख ५० हजार रहेको जनाइएको छ।

अनुसन्धानका क्रममा मल्लले बारबर्दिया नगरपालिका ७, रम्भापुरस्थित विद्यालयको भवन निर्माणको अन्तिम बिल नापजाँच तथा पास गरिदिने नाममा सेवाग्राहीसँग घुस मागी लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर भएको ठहर गर्दै बिगो रकम रु. १ लाख ५० हजार कायम गरी सोही ऐनअनुसार कैद र बिगो बराबर जरिवाना सजाय मागदाबी सहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com