सबैलाई पठाउनु होला

तौलिहवा (कपिलवस्तु), चैत २८ गते । लागुऔषध मुद्दामा अदालतबाट सजाय तोकिएपछि लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ।

जिल्लाको बाणगंगा नगरपालिका–३, गंगोलिया निवासी ३७ वर्षीय प्रकाश अधिकारीलाई खोजतलासका क्रममा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।

अधिकारीलाई कपिलवस्तु जिल्ला अदालतले २०७१ मङ्सिर २४ गतेको फैसलाअनुसार दुई महिना कैद र दुई हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो। उक्त फैसला कार्यान्वयनबाट बच्न उनी विगत १० वर्षदेखि फरार रहँदै आएका थिए।

प्रहरीका अनुसार उनलाई चैत २६ गते पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरिएपछि कैद भुक्तानका लागि अदालतमा पेश गरिएको थियो। अदालतको आदेशपछि उनलाई कारागार चलान गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले फरार प्रतिवादी पक्राउ गर्ने अभियानलाई तीव्रता दिइएको जानकारी दिनुभयो। उहाँले अदालतका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन यस्ता अभियान निरन्तर सञ्चालन गरिने बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com