सबैलाई पठाउनु होला

गुनासो चौतारी काठमाडौँ 
काभ्रेपलाञ्चोक  प्रहरीले काभ्रेको धुलिखेल नगरपालिका–१२ पिप्लेबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धुलिखेल र अस्थायी प्रहरी पोस्ट काभ्रेभञ्ज्याङबाट खटिएको टोलीले शुक्रबार बिहान सञ्चालन गरेको स्वीप अपरेशनका क्रममा स्थानीय ६० वर्षीय बलराम तामाङ र ५९ वर्षीया रञ्जु तामाङको घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा दुवै घरबाट बोटसहित १८ केजी २१ ग्राम तथा थप २१० ग्राम लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद सामग्रीसहित दुवै जनालाई नियन्त्रणमा लिइएको छ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com