सबैलाई पठाउनु होला

वीरगन्ज : वीरगन्जबाट बुधबार प्रहरीले अवैध वित्तीय कारोबार हुण्डीको धन्दामा संलग्न रहेको भन्दै ८२ लाख भन्दा बढी नगद रकमसहित ४ जनालाई पक्राउ गरेको छ।

 

हुण्डीको धन्दामा संलग्न रहेको आरोपमा प्रहरीले नगद ८२ लाख ५० हजार रुपैयाँसहित ३ भारतीय र १ नेपाली गरेर ४ जनालाई पक्राउ गरेको हो।

 

पक्राउ पर्नेमा भारतको भारतको रक्सौल १८ निवासी २७ वर्षीय विकास कुमार, रक्सौल ९ का २२ वर्षीय गुड्डु कुमार, रक्सौल ५ का १८ वर्षीय साहिल गुप्ता र बाराको महागढी नगरपालिका ४ का १८ वर्षीय कलामुद्दिन अन्सारी रहेका छन्।

 

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो १ वीरगन्जको आदर्शनगरबाट कलामुद्दिनलाइ श्रोत नखुलेको २५ लाख रुपैयाँसहित पक्राउ गरेको थियो।

 

कलामुद्दिनले दिएको बयानका आधारमा वीरगन्जको पानी ट्याङकीस्थित भारतीय नागरिक विकास कुमार बस्दै आएको डेरामा प्रहरीले खानतलाशी गरेको थियो।

 

विकासको डेरामा खानतलशाी गर्ने क्रममा दुई वटा कलो ब्याग र हेल्मेटमा लुकाएर राखिएको अवस्थामा ५७ लाख ५० हजार रुपैयाँ बरामद भएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए।

 

रकमसहित विकास, उनको डेरामा बसेका गुड्डुकुमार र साहिल गुप्तालाई पनि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए।

 

उनीहरुको साथबाट ना ८ प ४८९७ नम्बरको डिस्कभर मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ।

 

पक्राउ परेका चारैजना, विगत लामो समयदेखि नेपाल र भारतमा हुण्डीको कारोबार गर्दै आएकाहरु रहेको प्रहरी उपरीक्षक पाण्डेले बताए।

 

हुण्डीको रकमसहित पक्राउ परेका चारैजनाविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बिरूद्वको कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com