‘रूखबाट हामी कार्बनडाईअक्साइड लिन्छौ र रूखलाई अक्सिजन दिन्छौं’ भन्दै भाषण गरेपछि केही समय अघि वन तथा वातावरण मन्त्री प्रेम आले विवादमा परे। सामाजिक सञ्चालमा उनको खुव आलोचना भयो । रुखले अक्सिजन दिन्छ कि कार्बनडाइअक्साइड भन्ने सामान्य चेत समेत नभएका आलेले ‘यदि तिनै रुख काट्यो भने अवस्था के होला’ भन्दै प्रश्न गरेका थिए।
संयोग नै भन्नुपर्छ, मन्त्री आलेलाई अहिले पनि त्यो भाषणले छोडेको छैन। मंगलबार उनले खरिद गरेर डोटी र धनगढीका लागि पठाएका ११० थान अक्सिजन सिलिण्डर खासमा अक्सिजनका नभएर कार्वनडाईअक्साईड भर्ने सिलिन्डर भएको पाइएपछि उनको पुरानो भाषणा पुनः ताजा भएको हो।
उनले अक्सिजन सिलिण्डर त दिए, तर फेरी अक्सिजन भुर्न पर्दा भने समस्या हुने भएको छ। सिलिण्डरका नोजल अक्सिजन नभएर कार्वनडाईअक्साईड भर्नका लागि प्रयोग हुने वताएको छ। ति सिलिण्डरमा अक्सिजन भर्नुपर्ने भए पहिला नोजल परिवर्तन गर्नु पर्ने वताईन्छ। तर, नोजल भारतवाट ल्याउनु पर्ने भएकाले समस्या भईरहेको वताईन्छ।
सिलिण्डरमा अक्सिजन भर्न नोजल नमिलेपछि भारतबाट नयाँ नोजल ल्याएर अक्सिजन भर्ने तयारी भईरहेको छ । तर, कार्वनडाइअक्साइड र अक्सिजन भर्ने नोजल फरक हुने भएकाले ती नोजल परिवर्तन नगरेसम्म अक्सिजन भर्न नमिल्ने अस्पतालहरुले जनाएक छन् ।

