सबैलाई पठाउनु होला

जेठ १३ | गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा कोरोना संक्रमण तिब्र रुपमा बृद्धि हुदै गएको छ । दुई सातामा १२ जनाको मृत्यू भएको र कोरोना संक्रमितको संख्या बृद्धि हुनुमा गोरखाको सिडियो र स्वास्थ्य प्रमुखको गैरजिम्मेवारीको कारण रहेको गोरखाका स्थानियको गुनासो रहेको छ ।

स्थानिय निकायका जनप्रतिनिधि तथा केन्द्रका विभिन्न पदमा रहेका नेताहरुले बारम्बार कोरोना भाइरस रोकथामको लागि समन्वय गर्न खोज्दा यसलाई व्यवास्था गरि जनताप्रति गैरजिम्मेवारीपूर्ण ढङ्गले प्रस्तुत हुदा सर्वसाधारणले सास्ती भोगिरहेका छन् । दिनानुदिन गोरखाको बारपाक लगायत अन्य स्थानिय तकमा संक्रमितको संख्या र मृत्यु हुनेको संख्या बृद्धि हुदै जादा समेत जिल्लाका जिम्मेवारी व्यक्तिहरु यस्ता संवेदनसिल घटनाप्रति जिम्मेवारी पूर्ण ढंगले नलाग्दा गोरखामा कोरोना भाइरसले ठूलो क्षेति गर्न सक्ने देखिन्छ ।

यसरी नै जिम्मेवारी व्यक्तिहरु यो कोरोना भाइरस महामारीको अवस्थामा जनताप्रति उत्तरदायी नहुने र जनताको स्वास्थ्यसँग खेलवाड गर्ने स्वीकार्य छैन भन्दै गोर्खाली जनताहरुले गुनसो पोखेका छन् । जिल्ला प्रशासनको मातहतभित्र रहेको स्रोतसाधन पनि जनतालाई उपयुक्त हुने गरि संचालन नगरिएकोले स्थानिय तहमा कोरोना भाइरसले ठूलो क्षेती गर्न सक्ने स्थानिय तहका जनप्रतिनिधि र वौद्यिक वर्गहरुले हामीसँग आक्रोशित हुदै जिल्लाका प्रमुख सिडियो जस्ता जिम्मेवारी व्यक्तिले उक्त कुरामा समन्वय नगर्दा भयावह अवस्था सृजना भएको स्रोत बताउँछन् ।

जिल्ला स्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्रै DCCMC पनि गैरजिम्मेवारी बनेको भन्दै कोरोना भाइरसको प्रत्यक्ष असर पर्नेहरुले हामीलाई जानकारी दिए । प्रहरी पनि कोरोना भाइरसको नियम पालना गराउन मात्र लागि परेको र जनताहरुले स्थास्थ्य उपचारको कुनै पहल नगरेको बताउछन् ।

अहिले बारपाकमा करिब एक हजार भन्दाबढिमा रुघाखोकी र ज्वरोको मिल्दोजुल्दो लक्षण देखिएको छ । तत्काल उपचार नगराउने हो भने मानविय क्षती बढ्ने हुँदा स्वास्थ्य बचाउनमा उपचारमा ध्यान केन्द्रित गर्न र सहयोग गरिदिन अध्यक्ष भट्टले अपिल गरेका छन् ।

यो महा संकटको अवस्थामा जिल्लाका प्रमुख व्यक्तिहरुले गरेका त्रुटिहरुप्रति ध्यान जाओस भन्दै उक्त भाइसबाट प्रत्यक्ष असर पर्ने नागरिकहरुले आवाज उठाउदै ध्यानाकर्षण गर्न गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com