सबैलाई पठाउनु होला

गोरखा जिल्ला बारपाक सुलिकोट गाँउपालिकाको बारपाकमा कोरोना भाईरसको महामारीको प्रकोपले भयावह रुप लिई केही दिन भित्र कोभिडका कारण १२ जनाको दुःखद निधन भइसकेको छ। म उहाँहरुप्रति हार्दिक श्रध्दाञ्जली अर्पण गर्दछु र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु।

म आफै गतहप्ता मात्र केही चिकित्सक , ल्याब टेक्निसिएन र स्वयंसेवकसहित डिसिसिएमसि एवं स्थानीय सरकारसँगको सँयोजनमा बारपाक गएको थिएं । कोभिडको पहिलो लहरदेखिनै मेरो नीजि सचिवालय अन्तर्गत क्रियाशील कोभिड स्वयँसेवा समुह (Covid Volunteer Service CVS )को आयोजनामा जिल्लाका बिभिन्न भागहरुमा जाने क्रममा त्यहाँ गएको थिएँ । बारपाकमा त्यसबेला ७८ जनाको स्थलगत एण्टीजेन टेष्ट ३३ जनामा कोभिड संक्रमण (पोजिटिभ) देखिएको थियो । टोली मा जानुभएका चिकित्सकहरुले पोजिटिभ केसहरुको स्वास्थ्य परीक्षण गरी आवश्यक परामर्श र केही औषधी दिनुभएको थियो।त्यतिखेरनै हामीले सम्बन्धित सबै निकायहरुलाई परिस्थितिको गम्भीरतालाई ध्यान दिई आइसोलेसन सेन्टर सहित आवश्यक प्रबन्धहरुको लागि सुझाव दिएका थियौं । अहिले परिस्थिति निकै भयावह हुन पुगेको छ। सम्बन्धित सवैले मिलेर योजनावध्द पहल एवं कार्यद्वारा तत्काल संबोधन गर्न ध्यान दिइहाल्नुपर्छ ।

आज प्रदेश ,जिल्ला र गाँपालिकाबाट चिकित्सक सहितको टोली त्यहाँ गएको छ।उक्त टोलीको रिपोर्ट समेतको आधारमा थप कार्ययोजना बनाउनुपर्नेछ।तर अहिले नै मैले निम्न काम हरु गर्नु अत्यन्त आवश्यक देखेकोले सँघीय स्वास्थ्य्मन्त्री ,स्वास्थ्य सचिव ,प्रदेश ,डिसिसिएमसि र गाँउपालिकासँग सँग कुरा गरेको छु :

एक , करीब ५००० जनस्ँख्या भएको सघन बस्ती भएकाले तत्काल सबैको स्थलगतरुपमा एण्टीजेन टेष्ट गरिहाल्नु पर्छ । संक्रमितहरुको स्थलगतरुपमै चिकित्सकहरुद्वारा स्वास्थ्य परीक्षण गरी सामान्य , मध्यम र गँभीर केसहरु छुट्ट्याई उपचारको योजना बनाउनु पर्छ । तिन , संक्रमित नभैसकेका हरु सबैलाई घरमै क्वारान्टिनमा राख्नुपर्छ र घरको उपयुक्तता हेरी सामान्य संक्रमित हरुलाई होम आइसोलेसनमा राख्नुपर्छ । घरमै क्वारान्टिन र आइसोलेसनमा स्वास्थ्य्मपदण्डको पालनामा कडाइगर्नुपर्छ। त्यसको लागि एक स्वयँसेवक टोलीद्वारा निरन्तर अनुगमन गर्नुपर्छ । चार ,मुख्य कुरो , घरमा आइसोलेसनमा बस्न उपयुक्त ब्यबस्था नभएका सामान्य सँक्रमित र मध्यम प्रकारका केसहरुको लागि तत्काल ब्यबस्थित आइसोलेसन सेन्टर बनाईहाल्नु पर्छ ।अक्सिजन र मोनिटरिङ मेसिन सहितको आइसोलेसन सेन्टर हुनुपर्छ।पाँच , त्यहाँ नै रहने गरी एक जना कन्सल्ट्याण्ट फिजिसिएन ,कम्तिमा एकजना अर्को मेडिकल अफिसर चिकित्सक , नर्स र अन्य स्वास्थ्यकर्मीको टोली हाल त्यहीँ रहने ब्यबस्था गर्नुपर्छ ।
नारायणकाजी श्रेष्ठ द्वरा भर्खरै उनको फेसबुक बाट जारी गरिएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com