सबैलाई पठाउनु होला

गोरखा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य चुडामणी खड्का (प्रकाश) ले गोरखाको पालुङटार नगरपालिका र नगरपालिका माताहात भित्र बिभिन्न संघसंस्थाहरुलाई लगभग १० लाख रुपैया बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ । कोरोना संक्रमणबाट नागरिकहरुको स्वास्थ्य सुरक्षामा टेवा पुर्याउने र कोरोना संकटलाई तत्काल समाधान गर्न यूबा नेता खड्का सहितको टोली पालुङटार नगरपालिका, आपँपिपल अस्पताल लगायतका क्षेत्रमा पुगेर स्वास्थ्य सामग्री बितरण गर्नुभयको छ ।

पालुङटार नगरपालिका क्षेत्र भित्र पछिल्लो समय कोरोना संक्रमित हरु बढ्दै गएपछि नेता खड्का आफ्नै पहलमा स्वास्थ्य सामग्री बोकेर आइपुग्नु भएको हो । नेता खड्काले पालुङटार नगरपालिकालाई २ थान कन्सन्ट्रेटर, मास्क, सेनिटाइजर, पिसिइसेट लगायतका अत्याबश्यक औषधी उपलब्ध गराउनु भएको छ |

त्यस्तै आजै उहाँले आँपपिपल अस्पतालमा १ थान कन्सन्ट्रेटर सहितका अत्याबश्यक सामग्री उपलब्ध गराउनु भयको छ । उता आँपपिपल स्वास्थ्या चौकीलाई पनि एक थान कन्सन्ट्रेटर सहित स्वास्थ्य सामग्री उपलब्ध छ । पालुङटार नगरपालिका वडा नम्बर २ को कार्यालयलाई पनि अक्सिमिटर; मास्क, सेनिटाइजर लगायतका औषधी उपलब्ध गराएको नेता खड्काले जानकारी दिनुभयो साथै
खड्काले कोरोना परीक्षणका लागि बिभिन्न संघसंस्थालाई गरि करिब एन्टिजेन किट ७ सय थान, पिपिई १ सय थान, फेस सिल्ड ५सय थान, सेनिटाईजर ५ सय लिटर, बुट लगायतका अत्याबश्यक औषधीहरु जिङ्क ट्यावलेट, मिटामिन सि भिटामिन डि लगायतका उपलब्ध गराइएको बताउनुभयो ।

साथै उहाले नेपाली जनतालाई संकट र आपतको समयमा जुनसुकै कदमले पनि समाधान गर्न पछी नहट्ने पनि बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com