गारेखा । गोरखाको सिरानचोक गाउँपालिकाका विभिन्न वडाहरुलाई कोके कोमै तमु गुरुङ समाज नेपालले स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ ।
कोके तमु समाजका सचिव रोहित गुरुङको नेतृत्वमा कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सामाग्री सिरानचोक गाउँपालिकाको कार्यालय,वडा २ थालाजुङ, वडा ३ हर्मि, वडा नं ६ गाँखु, वडा ७ श्री नाथकोटमा स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको हो ।
समाजले २३ हजार थान माक्स, डिजिटल थर्मोमिटर ४० थान,अक्सिमिटर ३० थान,सेनिटाइजर २० लिटर, साबुन ३२४ थान लगायतका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको हो । कोरोना भाइरसको त्रास पालिकामा वढेसंगै स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरिएको सचिव गुरुङले बताए । कोरोना महामारीमा थोरै भए पनि पालिकालाई सहयोग होस् भनेर स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको उनको भनाई छ ।
गाउँपालिका अध्यक्ष राजु गुरुङले असहज अवस्थामा स्वास्थ्य सामाग्री उपलब्ध गरिएकोमा कोके तमु समाजलाई धन्यवाद व्यक्त गरेका छन् ।
सचिव रोहोत गुरुङले ती समाग्री जुटाउन सहयोग गर्ने नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संघिय सांसद चुडामणि खड्का, प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुराउने सहयोगी मनहरुप्रति हार्दिक आभार व्यक्त गरेका छन्। यसैगरी, यातायातका व्यावस्थापन गरि सहयोग गरेकोमा सनक बहादुर गुरुङ लगाएत सहयोग गर्ने अवसर दिएकोमा सिरानचोक गाउँपालिका अध्यक्ष राजु गुरुङ, वडा नं २ का अध्यक्ष ज्ञानेन्द्र गुरुङ र वडा नं ७ का अध्यक्ष सुरज ढकालप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

