असार १ गते | आज बिहान साँढे सात बजे गोरखाको आरुघाट गाउपालिका -२ स्थित ठोटनेरी खोलाले बगायर आज बिहान एक जना बेपत्ता हुनुभयको छ|साथिहरु सगै खोला तर्ने क्रममा अन्दाजी ३८ बर्षका गोबिन्द चौधरिलाई खोलाले बगायर बेपत्ता पारेको गोरखाको प्रहरी नायब उपरिक्षक प्रकाश दाहालले जानकारी दिय|स्थायी ठेगाना बर्दिया भयका चौधरी लाई ठाडो खोलाले बेपत्ता बनायको समेत दाहालले जानकारी दिए |
ठाउठाउमा बिग्रियको गाडी बनाउदै हिडने गरेका चौधरी सहीत उनका अरु ३ जना सगै खोला तर्ने क्रममा चौधरिलाई खोलाले बेपत्ता पारेको हो | चौधरिको साथीहरुलाई भने सकुशल छन|चौधरिको खोजी कार्य समेत तिब्र रहेको डिएसपी दाहालले बताय|हिजो देखी परेको अबिरल बर्षाले खोजिमा समस्या परेको समेत दाहालले जानकारी दिए |

