सबैलाई पठाउनु होला

गुनासो चौतारी असार १ गते : लगातारको झरीले नारायणी नदीमा पानीको सतह खतराको तहभन्दा माथि गएको छ । देवघाट जलमापन केन्द्रका अनुसार मंगलबार अपरान्ह ४ बजेपछि पानीको सतह ८ दशमलब २६ मिटरभन्दा माथि पुगेको छ । नारायणी नदीमा पानीको सतह ८ मिटर भन्दामाथि गएपछि खतराको संकेत गर्दछ ।

जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी आनन्द शर्माले नारायणी नदी आसपासका बासिन्दालाई सतर्क अपनाउन प्रशासनले अनुरोध गरेको सूचना जारी गरेको छ । आसपासका सूरक्षा निकायलाई सर्तक अवस्थामा राखिएको छ । त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको छ । लगातारको वर्षातको पानी र खोलाको बाढीले नारायणीमा पानीको सतह बढ्दै गएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com