सबैलाई पठाउनु होला

काठमाडौ । चीन माथिल्लो भागमा र नेपाल तल्लो भागमा रहँदा नेपालका लागि निक्कै खतरा छ भन्ने शंका मेलम्ची नदीबाट देखिएको छ ।

नेपालका धेरै नदी र खोल्साहरु चीन हुँदै बग्छन् । चीनको तिब्बत उच्च हिमाली भेगमा पर्दछ । त्यहाँ धेरै हिमतालहरु छन् ।

हिमताल फुटेर बाटो माड्दै नेपालतर्फ पानी ढलो भएको खण्डमा नेपाली भूमि निक्कै जोखिममा छ भन्ने तथ्य मेलम्चीबाट प्रमाणित भएको हो की भन्ने आशंका छ ।

सानो नदी तिब्बतको पानीढलो नेपालतर्फ फर्किएकाले विशाल नदी बनेको हो की भन्ने आशंका बढेको छ । अहिले पानी नपर्दा पनि खोलामा बाढी आइरहेको छ । खोला विशाल छ ।

यसको अनुसन्धानका लागि आज विज्ञको टोली सिन्धुपाल्चोकको मेलम्ची जाँदै छ। मेलम्चीमा विज्ञ टोली पठाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अहिले छलफलमा छ ।

‘पानी नपर्दा पनि खोलामा बाढी किन आयो भन्नेबारे अध्ययन गर्न विज्ञको टोली मेलम्ची जाँदै छ’ प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले भन्नुभयो – ‘खोलाको शिर भाग अर्थात मुहानतिर पुगेर टोलीले अध्ययन गर्ने छ ।’

मेलम्चीमा पानी पर्न रोकिए पनि हिजो फेरि बाढी आएको थियो । खोलाभन्दा माथिल्लो भागमा पहिरो गएर खोला थुनिने हुन्छ । यसरी खोला थुनिँदा पछि बाँध भत्किएर बाढी आएको हुन सक्ने आशङ्का गरिएको छ । तर, यसबारे कुनै पुष्टि हुन सकेको छैन ।

आसपासका क्षेत्रमा पहिरो गएको जानकारीपनि छैन । कि त तिब्बत तर्फ त्यस्तो भएको हो नेपाली भूमिमा खोला थुनिएर बाँध बनेर फेरी बाँध फुटेर निस्किएको भन्ने सूचना छैन । फेरी खोला निक्कै ठूलो छ ।

आज काठमाण्डौबाट जाने विज्ञको टोलीले बाढी आउनुका कारणबारे अध्ययन गरेपछि मात्रै यसको कारण थाहा हुने प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताउनुभयो । मेलम्ची खोलामा अहिले पानीको सतह कम भए पनि घटबढ भइरहेकाले त्रास थपेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो ।

हेलम्बुमा राहत पुर्याउन कठिन

मेलम्चीमा बाढी प्रभावितलाई अस्थायी बास र राहतको व्यवस्था मिले पनि हेलम्बुमा राहत पुर्याउन कठिनाइ भएको छ । बाढीले सडकसँगको सम्पर्कविच्छेद गरिदिएपछि हेलम्बुमा हेलिकप्टरबाट हिजो र अस्ति केही राहत सामग्री खसालिएको थियो । तर, यो पर्याप्त नभएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार हेलम्बुका बाढी पहिरो पीडित कसरी बसिरहेका छन् भन्नेबारे नै पत्ता लगाउन गाह्रो भएको छ । हेलम्बु जस्तै पाँचपोखरीको याङ्ग्री र लार्के क्षेत्रमा पनि राहत पुर्याउन समस्या भएको छ ।

पाँचपोखरी थाङपाल गाउँपालिका-२ का वडा अध्यक्ष पासाङ तामाङ याङ्ग्री, टासिवा, सुनचौर रमैखर्कका ६८ परिवार बाढी पहिरोले विस्थापित भएको बताउनुहुन्छ । सडक सञ्जाल पनि विच्छेद भएपछि राहत पुर्याउनै मुस्किल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com