महासचिव ‘विप्लव’ले अध्यक्ष भट्टराईको निवास सानेपा पुगेर भेटवार्ता गर्नु भएको हो । भेटका क्रममा ओली सरकारसँग भएका सहमती कार्यन्वयनका बिषयमा छलफल भएको स्रोतले बताएको छ ।
त्यस्तैगरी पछिल्लो राजनीतिक परिस्थितीका बारेमा पनि कुराकानी भएको बताइएको छ । महासचिव ‘विप्लव’ले बिहीबार मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका थिए ।

