सबैलाई पठाउनु होला

साउन ३, काठमाडौं । बझाङको बुंगल नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वापतको ३९ लाख रुपैयाँ चोरीको अभियोगमा वडा सचिव र प्राविधिक सहायक पक्राउ परेका छन् ।

बुुङ्गल नगरपालिका–९ र ११ को वडा सचिवको रुपमा कार्यरत उपेन्द्र महतो र प्राविधिक सहायक खड्कबहादुर सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुुवै वडाको सामाजिक सुरक्षा भत्ता वापतको ३९ लाख रकम सचिव र प्राविधिक सहायकले चोरी गरेको अभियोग लागेपछि शुुक्रबार उनीहरुलाई पक्राउ गरिएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० रुपक खड्काले जानकारी दिए ।उनीहरुविरुद्ध अपराधिक लाभ र विश्वास घातसम्बन्धी कसुरमा अनुसन्धानका लागि अदालतबाट ५ दिनको म्याद लिएको डीएसपी खड्काले बताए ।

सामाजिक सुरक्षा भत्ता वितरणका लागि बैँकबाट झिकेर वडा सचिव महतोको कोठामा राखेको अवस्थामा रकम चोरी गरिएको भन्दै वडा नम्बर ११ का अध्यक्ष रामबहादुर बोहराले जाहेरी दिएका थिए । उक्त रकम असार २९ गते महतोको कोठाबाट हराएको जानकारी आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com