सबैलाई पठाउनु होला

साउन ३,काठमाडौं। नेपाल प्रसूति तथा स्त्रीरोग विशेषज्ञ समाज नेपाल (नेसोग)ले गर्भवती र स्तनपान गराइरहेका महिलाहरुलाई पनि तत्काल कोरोना खोप लगाउन सरकारसँग माग गरेको छ । नेपालमा पछिल्लो समय गर्भवती महिलाहरूमा समेत यस संक्रमणले गम्भीर रुप देखाइरहेको दाबी गर्दै नेसोगले तत्काल कोरोना खोप लगाउन माग गरेको हो ।

शनिबार नेसोगका अध्यक्ष प्रा.डा.गणेश दंगालले एक विज्ञप्ति जारी गरी हालसम्मको अध्ययनअनुसार कोरोना खोपले गर्भमा रहेका शिशुहरूलाई कुनै असर नगर्ने देखिएकोले गर्भवती महिलाहरुलाई खोपको प्रबन्ध गर्न आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छः ‘गर्भवती महिलाहरूमा भ्याक्सिनको प्रयोगबारे ठ्याकै कुनै निर्देशिकाहरू नभएपनि विभिन्न देशमा स(सानो रुपमा गरिएका अध्ययनहरुले यसलाई गर्भवती महिलाहरूमा पनि प्रयोग गर्न सकिने देखाएको छ। अन्तराष्ट्रिय अध्ययनहरुले हालसम्म अध्ययन अनुसार यस खोपले गर्भमा रहेको शिशुलाई कुनै असर नगर्ने देखाएको छ। गर्भवती महिलाहरुको जीवन रक्षाका लागि खोप अपरिहार्य रहेकोले उनीहरुलाई खोपको प्राथमिकतामा राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग नेपाल प्रसुती तथा स्त्रीरोग विशेषज्ञ समाज (नेसोग) जोडदार माग गर्दछ।’

विज्ञप्तिमा भारत, अमेरिका र बेलायतमा पनि प्रसूति सम्बन्धि चिकित्सकहरूका विभिन्न संस्थाहरुले यसलाई प्रयोग गर्न सुझाव पेश गरिरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com