सबैलाई पठाउनु होला

साउन १२, काठमाडौँ | सरकारले सरकारी प्रक्रियाबाट इजरायलमा नेपाली कामदार पठाउने औपचारिक सूचना जारी गरेको छ ।

सरकारीले इजरायलले एक हजार नेपाली कामदार माग गरे बमोजिमको सूचना जारी गर्दै इजरायल रोजगारको लागि लाग्न सक्ने लागतको बारेमा समेत स्पष्ट जानकारी दिएको छ । जानकारी अनुसार बिभिन्न आठ शिर्षकमा खर्च गर्नुपर्ने हुन्छ । खर्च शिर्षकमा पासपोर्ट बनाउँदादेखि इजरायल रोजगारमा जाँदासम्मको खर्चको शिर्षकहरु उल्लेख छन् ।इजरायल जाने कामदारले हवाई भाडा आफैले तिर्नुपर्ने हुँदा नेपाल-इजरायलको एकतर्फी हवाई भाडा करिव १ लाख ४० हजार लाग्नेछ । त्यस्तै बिमाको लागि पाँच हजार लाग्छ ।

नेपालसँग सम्झौता भएको लामो समयसम्म पनि कामदार लैजान आनाकानी गरिरहेको इजरायलले नेपाली श्रमिक लैजान इच्छा देखाउँदै १ हजार जना श्रमिकको माग गरेको छ । वैदेशिक रोजगार विभागका अनुसार इजरायलले  केयरगिभ कामका लागि हजार नेपाली श्रमिक लैजान खोजेको हो ।
कोरोना महामारीका कारण अवस्था असामान्य नभएमा इजरायलले मागेको श्रमिकका लागि एक÷डेढ हप्ताभित्र विज्ञापन खुलाएर श्रमिक पठाउने तयारी सरकारको छ । सरकारले गतवर्ष इजरायल र नेपालबीच श्रम सम्झौता गर्दै पहिलो चरणमा ५ सय जना कामदार पठाउने समझदारी गरेको थियो । १ हजार कामदार माग भएसँगै कसरी पठाउने भनेर सरकारी अधिकारीहरूले तयारी थालेका छन् ।
इजरायल जान इच्छुक कामदारको विभिन्न योग्यता तोकिएको छ । सरकारले जारी गरेको यससम्बन्धी निर्देशिकाअनुसार २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिक, कम्तीमा १.५ मिटर उचाइ तथा ४५ केजी तौल भएको र कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयमा कम्तीमा १५ महीनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा त्यस सरहको शैक्षिक योग्यता प्राप्त गरी नेपाल सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी कम्तीमा ३ महिनाको तालीम प्राप्त गरेको हुनुपर्नेछ ।
साथै अंग्रेजी भाषाको ज्ञान भएको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहेको र असल चरित्र भएको हुनुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com