साउन १९,काठमाडौं । एमसीसी खारेजीको माग गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको बागमती प्रदेश समितिले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । मोर्चाले आज एमसीसी सम्झौताको विरोध तथा दार्चुला तुइन घटनाको विरुद्ध काठमाडौंको माइतिघर मण्डलामा प्रदर्शन गरेको हो ।
विरोध कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक सीपी गजुरेलले राष्ट्रहित विपरित वर्तमान सरकारले अमेरिकन सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीअघि बढाउन खोजेको आरोप लगाएका छन् ।त्यस्तै, उनले प्रधानमन्त्रीले संसदबाट एमसीसी पारित गराउन माओवादीसंग सहयोग मागेको जानकारी आएको पनि बताए । राष्ट्रिय स्वाधीनताको रक्षाका लागि आफूहरु एमसीसीको बिरोधमा रहेको उनको भनाइ छ ।प्रदर्शनमा सहभागीहरुले ‘एमसीसी सम्झौता खारेज गर, राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ’ सहितका नारा लगाएका थिए ।

