साउन २४,काठमाडौ । केही दिन अघि सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिती रासस ले नै खिचेको तस्बिरमा निक्कै विवाद आएको थियो ।प्रधानमन्त्रीको कार्यालयमा निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बस्ने टेबल माथी आफ्नो शीरमा हुनेगरी राष्ट्रपति विद्यादेवी भण्डारीको तस्बिर राखे का थिए ।
त्यो बेला तस्बिर खिच्दा प्रकाशको धर्को परेर राष्ट्रपतिको तस्बिर छोपिएको जस्तो देखिएको थियो ।उक्त तस्बिरलाई नेकपा एमालेका नेता पूर्वमन्त्री समेत रहेका लालबाबु पण्डितले प्रधानमन्त्री देउवाले राष्ट्रपतिको तस्बिर छोपेर अपराध गरेको लेख्दै तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।उक्त तस्बिर र त्यही खालको लेखाईमा नेकपा एमाले ओली समूहका नेता कार्यकर्ताले तस्बिर भाइरल बनाएका थिए ।त्यसपछि प्रधानमन्त्री देउवाको सचिवालयले उक्त तस्बिरलाई ठाउँ सारेको देखिएको छ ।
प्रधानमन्त्रीको शीरमा रहनेगरी राखिएको राष्ट्रपतिको तस्बिर अन्यत्र सारेर त्यहाँ प्रधानमन्त्री देउवाले चुच्चे नक्सा सहितको निशाना छाप शीरमा राखेका छन ।केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले राष्ट्रपति र प्रधानमन्त्रीका फोटा होइन निशाना छाप शीरमा । धन्यवाद प्रधानमन्त्री ज्यू जय नेपाल भन्दै अहिले यो तस्बिर भएको यो सामाग्री प्रचार गरिरहेका छन् ।

