सबैलाई पठाउनु होला

साउन २६,पोखरा। २६ वर्षीय एक युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले कास्कीको पोखराबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ  पर्नेमा स्याङजा अर्जुन चौपारी घर भइ हाल पोखरा –१७ बिरौटा बस्दै आएका ३६ वर्षीय ख्यामबहादुर घर्ती छन् ।जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालका अनुसार घर्तीले २६ वर्षीया युवतीलाई डर, त्रास र धाक धम्की देखाएर जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरिएको हो ।

युवतीलाई पोखरा लेकसाइड खहरेमा रहेको एक होटलमा लगी जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको डिएसपी हमालले बताए । पक्राउ परेका घर्तीलाई जिल्ला अदालत कास्कीबाट जबर्जस्ती करणी सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com