सबैलाई पठाउनु होला

साउन ३१,काठमाडौं। तीज पर्व भन्नासाथ हामी चेलीमाइती भेटघाट गर्ने, रमाइलो गर्ने, दर खाने अवसरको रूपमा बुझ्छौं । यस अवसरमा चेलीहरू माइत आउँछन् । रातो, हरियो, पहेंलो रंगको पहिरनमा सजिन्छन् । चुरा, पोते लगाउँछन् । नाचगान गर्छन् । गीतको माध्यमबाट मनको वह पोख्छन् । अहिले तीजको स्वरूप पनि फेरिदै गएको छ ।

प्रत्येक वर्ष आउने महिलाहरुको महान पर्व तीजमा सबै भन्दा धेरै गीत सार्वजनिक गरेर चर्चामा आउने लोकप्रिय सर्जक तथा गायक पशुपति शर्मा र जानकी तारामी मगर थापाको स्वरमा फेरि यस बर्ष पनि तीजको लागी अर्को गीत “ढाड दुखेर करक्कै” भर्खर मात्र सार्वजनिक भएको छ । साइकल किन्न जाम बोलको गीतबाट चर्चामा आएको यो जोडी जानकी तारामी मगर र पशुपति शर्माको आवाज रहेको सो गीतले पछिल्लो समय सबैले भोग्ने समस्या गीतमा उठाएकोगीतको लय तथा शब्द सिर्जना पशुपति शर्मा आँफैले गरेका छन ।

जानकी तारामी मगर र पशुपति शर्माका गीत निकै चर्चामा समेत छन । लोक दोहोरी मा निकै फापेको जोडि पनी हो । दुर्गा पौडेलको निर्देशन रहेको सो गीतमा करिश्मा ढकाल र बुद्धि तामाङको अभिनय रहेको छ ।

भिडीयो सहीत ; https://youtu.be/gnSnNzcioII

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com