भाद्र १,काठमाडौं । प्रदेश २ का प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त भएका छन । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरिएकाे हाे ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मिश्रलाई प्रदेश २ को प्रमुखमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
संविधानको धारा १६३ को उपधारा २ बमोजिम राष्ट्रपतिले मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघिका प्रदेश प्रमुख राजेश झा (अहिराज) भने पदमुत भएका छन। राष्ट्रपति कार्यालयदवा जारी विज्ञप्तिामा मन्त्रिपरिषद्को साउन ३२ गतेको निर्णयअनुसार संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ बमोजिम झालाई पदमुक्त गरिएको उल्लेख छ ।
केपी शर्मा ओली नेतृत्वको सरकारले माओवादी कोटाका तिलक परियारलाई हटाएर ७ फागुन २०७७ मा झालाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।
अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारले मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेको हो ।

