सबैलाई पठाउनु होला

भाद्र २, काठमाडौ । सरकारले मंगलबार ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश बुधबार बिहानसम्म राष्ट्रपति कार्यालय शीतलनिवासमा अड्किएर बसेको छ । देउवा सरकारले चालेको यो कदमको चौतर्फी विरोध भएको छ । नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले सरकारले ल्याएको पार्टी विभाजन सम्बन्धी अध्यादेशको चर्को बिरोध गरेका छन। सत्तारुढ दल नेपाली कांग्रेसका नेता गगन थापाले हठात् संसद् अधिवेशन अन्‍त्य गरेर अध्यादेश ल्याइनु गलत भएको बताएका छन् ।

बुधबार सामाजीक सञ्जालमा लेख्दै नेता थापाले यस्तो बताएका हुन् ।

‘संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत ! हिजो गलत,आज गलत,सधैं गलत,जसले गरेपनि गलत, हिजो ओलीले ल्याउँदा गलत भन्ने,त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन।समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ।’ उनले लेखेका छन् ।

‘संगैमा गत वर्ष वैशाखमा यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार,समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन/हुँदैन।विरोध गर्ने भए त्यतिवेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ ।’ उनले थपेका छन् ।

मंगलबार कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न मिल्ने गरी अध्यादेश ल्याएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com